मावि घरेलिचौवरमा अनेरास्ववियू (क्रान्तिकारी)काे मूल इकाई समिति गठन
64x64
२०७९ भाद्र ०१ बुधबार प्रेसपालिका संवाददाता
542 Views

रूकुम पश्चिम चौरजहारी नगरपालिकामा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू (क्रान्तिकारी) ले इकाई गठनलाई तिब्र बनाएको छ । ” विद्यार्थीसंग अखिल (क्रान्तिकारी) ” भन्ने अभियानलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) चौरजहारी नगर समिति विद्यालयहरूमा गएर सङ्गठन विस्तार गर्न सुरु गरेको छ । आज नगरपालिकाको वडा नम्बर १३ स्थित सरस्वती माध्यमिक विद्यालय घरेलिचौवर बाट सङ्गठन विस्तार कार्यक्रमको सुरुवात गरेको हो ।

मावि (९-१०) मा दिपक शर्माकाे अध्यक्षता ४५ सदस्यिय मावि मूल इकाई समिति गठन गरेको हो । जसको उपाध्यक्षमा समीक्षा केसी , प्रमिला बिक र असल हमाल , सचिवमा अञ्जना शर्मा , सह सचिवमा रीमा ओली र पुष्पा ओली रहनु भयको छ भने कोषाअध्यक्षमा जगत केसी रहनु भएको छ।मावि घरेलिचौवरमा अनेरास्ववियू (क्रान्तिकारी)काे मूल इकाई समिति गठन - प्रेस पालिका

अनेरास्ववियू (क्रान्तिकारी) चौरजहारी नगर समिति सदस्य प्रकाश डाँगी , विद्यार्थी नेता रमा खड्का , धनसरा थापा लगायतको उपस्थिति रहेको कार्यक्रमकाे अध्यक्षता नविन्द्र महताराकाे रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन दिपेश विकले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News