रुकुम पश्चिम मुसिकोट नगरपालिका नम्बर १ खलङ्गा स्थित त्रिभुवन जनता माध्यामीक विद्यालयमा नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारीले कक्षा इकाई गठन गरेको छ । विद्यार्थीसंग अखिल क्रान्तिकारी भन्ने नारालाई सार्थक बनाउने इकाई विस्तारमा तिब्रता दिइएको रुकुम पश्चिम जिल्ला अध्यक्ष नारायण केसीले जानकारी दिनु भयो ।
कक्षा १० सेक्सन ,बि,मा सन्देश देबकोटाकाे अध्यक्षतामा ३१ सदस्यिय कक्षा इकाई समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा अनुस्का खड्का , सचीवमा डिम्पल पुन , सह-सचिवमा घनस्याम पुन र कोषाध्याक्षमा पुनम के सि रहनु भएको छ ।
कक्षा १० सेक्सन ‘सी, मा राजन बिक काे अध्यक्षतामा ३५ सदस्यिय कक्षा इकाई समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा पारस ओलि , सचीवमा निर्मल परियार , सह-सचिवमा दिपक रोका र कोषाध्याक्षमा खिमा कुमारी रहनु भयको छ।
त्यस्तै कक्षा -९ मा अध्यक्षमा तुलसा ओलिकाे अध्यक्षतामा २९ सदस्यिय कक्षा इकाई समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा सिर्जु ओलि , सचीवमा सुमित परियार , सह-सचिवमा पुर्णा खत्री र कोषाध्याक्षमा मेगराज केसि रहनु भयको छ ।
अनेरास्ववियू क्रान्तिकारी प्रदेश समिति सदस्य सुशील बिस्ट , रुकुम पश्चिम जिल्ला अध्यक्ष नारायण केसि, मध्यपश्चिम विश्व बिधालय राष्ट्रिय समिती सचिव तथा जिल्ला समिति सदस्य खिमला पुन , जिल्ला समिति सदस्य तुलसा खनाल , त्रिभुवन जनता मावि मुल एकाई समिति अध्यक्ष बिनोद सेर्पाली , चौरजहारी नगर समिति सदस्य बिनोद के सी र दिपक डांगीको उपस्थिति रहेको थियो ।
