समाजवादी केन्द्रीय सदस्य कामी नेकपा एमालेमा प्रवेश
64x64
२०७९ श्रावन ३० सोमबार प्रेसपालिका संवाददाता
387 Views

नेपाल समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य उपेन्द्रलाल कामी नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कामी सहित अन्य नेता, कार्यकर्तालाई पार्टी प्रवेश गराउनुभएको हो । जनता समाजवादी पार्टी फुटेर नेपाल समाजवादी पार्टी बनेको थियो । एमाले जिल्ला कमिटि रुकुम पूर्वका अध्यक्ष टोपबहादुर ओलीले नवप्रवेशिलाई पार्टीले उचित भूमिका प्रदान गर्ने बताउनुभयो । कामीका साथमा समाजवादी विद्यार्थी परिषद्का जिल्ला संयोजक तेजेन्द्र खड्का र स्थानीय तह सदस्य निर्वाचन २०७९ मा सिस्ने गाउँपालिका ६ नम्बर वडाध्यक्षका उम्मेदवार तथा समाजवादी युवा परिषद्का जिल्ला संयोजक विशाल गिरी पनि एमाले प्रवेश गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News