नेपाल राष्ट्रिय प्राध्यापक संगठन चौरजहारी क्याम्पसको अध्यक्षमा लामिछाने
64x64
२०७९ श्रावन २४ मंगलबार प्रेसपालिका संवाददाता
159 Views

पश्चिमको चौरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र निकट राष्ट्रिय प्राध्यापक संगठनको भेला सम्पन्न भएको छ । भेलाले चौरजहारीका शितल क्याम्पस र जहारी क्याम्पसको संयुक्त रुपमा प्राध्यापककाे संगठन बिस्तार गरेको हो ।

शितल क्याम्पसमा खिम प्रसाद लामिछानेकोको अध्यक्षतामा ११ सदस्यीय संगठन निर्माण गरेको छ । जसको उपाध्यक्ष भिम प्रसाद लामिछाने , सचिवमा निमप्रसाद भण्डारी , सह सचिव उपेन्द्र प्रसाद यादब , कोषाध्यक्ष पुष्पा लामिछाने रहनुभएको छ ।

भने जहारी क्याम्पसमा लिलु जैसीको अध्यक्षतामा ६ सदस्यीय समिती निर्माण गरिएको छ । सचिब कृष्णा खड्का कोषाध्यक्षमा नबिनकुमार भुसाल रहनुभएको छ । उत्त भेलाले खिम प्रसाद लामिछाने , रमेश प्रसाद लामिछाने , अमृत सुनारलाई केन्द्रिय प्रतिनिधिमा छ्नोट गरिएको शितल क्याम्पसका अध्यक्ष खुमबहादुर खड्काले जानकारी दिनुभएको ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News