रुकुम पश्चिममा माओवादी निकट विद्यार्थीसंग अखिल क्रान्तिकारी’ कार्यक्रम सुरु
64x64
२०७९ श्रावन २३ सोमबार प्रेसपालिका संवाददाता
171 Views

छविलाल बिष्ट / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी रुकुम पश्चिमले विद्यार्थीसँग अखिल क्रान्तिकारी कार्यक्रम गरेको छ । आठबीसकोट नगरपालिका,मुसीकोट नगरपालिका बाँफिकोट गाउँपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा विद्यार्थीसँग अखिल क्रान्तिकारी कार्यक्रम सम्पन्न भएको हो । अनेरास्ववियू क्रान्तिकारी रुकुम पश्चिमका अध्यक्ष नारायण केसीले चौरजहारीमा साउन २० गते यो कार्यक्रम सुरु भएको र ५ पालिकामा आज सुरु थियाे ।
जिल्लाका ५ पालिकामा आज एकै साथ कार्यक्रम सुरु गरिएको हो । तीन महिना चल्ने यो अभियानमा संगठन सुदृढिकरण्को काम गरिने अध्यक्ष नारायण केसिले बताउनुभयो । संगठन निर्माण, पुनगठन लगायतका काम पनि यो अभियानका क्रममा गरिने अध्यक्ष केसीले बताउनुभयो । रुकुम पश्चिममा माओवादी निकट विद्यार्थीसंग अखिल क्रान्तिकारी' कार्यक्रम सुरु - प्रेस पालिकाचौरजहारीको अभियानका लागि केन्द्रीय सचिवालय सदस्य सुन्दर शर्मालाई खटाइएको छ ।
मुसीकोटमा केन्द्रीय सदस्य जीवन खड्का, आठबीसकोटमा कर्णाली प्रदेश कार्यालय सदस्य शुशिल विष्ट, बाँफिकोट गाउँपालिकामा केन्द्रीय सदस्य समकृति पुनलाई कार्यक्रमका लागि खटाइएको छ। रुकुम पश्चिममा माओवादी निकट विद्यार्थीसंग अखिल क्रान्तिकारी' कार्यक्रम सुरु - प्रेस पालिकासानीभेरी गाउँपालिकामा कर्णाली प्रदेश उपाध्यक्ष तुल देवकोटा, त्रिवेणी गाउँपालिकामा जिल्ला अध्यक्ष नारायण केसीलाई खटाइएको छ । मुसीकोटको बाल कल्याण मावी काँशपोखरी, आठबीसकोट नगरपालिकाको जनविकास मावि घेत्मामा कार्यक्रम सम्पन्न भएको छ । बाँफिकोट गाउँपालिकाको विरेन्द्र माध्यामिक विद्यालय बाँफिकोट, सानीभेरी गाउँपालिकाको सूर्योदय मावि बेल्टापु र त्रिवेणी गाउँपालिकाको त्रिवेणी मावि सिम्रुतुमा कार्यक्रम सम्पन्न भएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |