आउदो मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुने
64x64
२०७९ श्रावन १९ बिहिबार प्रेसपालिका संवाददाता
114 Views

आउदो मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुने भएको छ ।

सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते निर्वाचन गर्ने सहमति गरे अनुसार,बिहिवार बसेको मन्त्री परिषदको बैठकले मङ्सिर ४ गते एकै चरणमा गर्ने गरि संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग यसअघि नै परामर्श गरिसकेका भए पनि निर्वाचन आयोगले गरेको सिफारिस अनुसारको समयसीमा कटेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको गरेको हो ।

देउवाले गत मंगलबार मन्त्री र सचिवलाई बोलाएर चुनावको मिति छिट्टै घोषणा हुने भन्दै तयारीमा लाग्न निर्देशन दिएका थिए।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News