सिस्नेका विद्यालयलाई संगीत सामग्री प्रदान
64x64
२०७९ श्रावन १९ बिहिबार प्रेसपालिका संवाददाता
173 Views

रुकुम पूर्वको सिस्ने गाउँपालिकाका ३ सामुदायिक विद्यालयलाई संगीत सामग्री प्रदान गरिएको छ । विद्यार्थीको सांगीतिक प्रतिभा प्रष्फुटित गर्ने उद्देश्यले संगीत सामग्री हस्तान्तरण गरिएको मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका समन्वयकर्ता दुर्गा गौतमका बताउनुभयो । मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमकाे आर्थिक सहयोगमा २ वडाका ३ विद्यालयलाई संगीत सामग्री प्रदान गरिएको हो ।सिस्नेका विद्यालयलाई संगीत सामग्री प्रदान - प्रेस पालिका रुक्मीणि मावि रुकुमकोट , कोट मावि रुमालबारा, त्रिभुवन जनता मावि छिप्रिदहलाई संगीत सामग्रीहस्तान्तरण गरिएको हो । विद्यालयलाई एक वटा हार्मोनियम, १ वटा गितार, १ वटा बाँसुरी, १ वटा बेन्जो र १ वटा मादल प्रदान गरिएको गाैतमकाे भनाइ छ ।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउलेले संगीत सामग्री विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News