रुकुम पश्चिम सानीभेरी गाउँपालिकाका बाट सेवा दिदैं आएको प्राविधिक सेवा अब सानीभेरी गाउपालिकाकाे प्रत्येक वडा बाटै दिने भएको छ । पशु प्राविधिक, कृषी र ओभरसियर र सह -सभ ओभरसियर ११ वटै वडामा पठाईसकेको गाउँपालिका अध्यक्ष बिर्ख बहादुर बिष्टले जानकारी दीनु भयो ।
उहाँका अनुसार अब सम्बन्धित वडामा कामकाज गर्न सजिलो होस् र सेवा ग्राहीहरुलाई असज नहोस् भनेर प्राविधिकहरुलाई वडा मा पठाएको उहाँको भनाई छ । अब प्राविधिकहरु वडा कार्यालयमै बसेर सेवा दिने अध्यक्ष बिष्टले जनकारी दिनु भयाे ।
साथै सानिभेरी गाउँपालिकाले साउन १९ गते बाट लागु हुने गरी दैनीक गाउँपालिका कार्यलय भित्र उठ्ने आन्तिरीक राजस्व संकलन अब वडामा अनलाइन बाटै हुने भएकाे छ । यस्तै गरि अनलाइन माध्यम बाट गाउपालिकाले सफ्टवेयर निर्माण गरेर भ्रष्टचार कम हुने र सुसासन कायम हुने गाउपालिकाले बताएकाे छ ।
लौ शुभकामना