अर्थमन्त्रीमा फेरि शर्मा, बेलुका शपथ
64x64
२०७९ श्रावन १५ आइतबार प्रेसपालिका संवाददाता
198 Views

नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका छन् ।

सोहीअनुसार शर्माको आज नियुक्ति भएर आइतबार बेलुका नै शपथ दिलाउने तयारी भएको माओवादी केन्द्रीय कार्यालय निकट श्रोतले जानकारी दियो । ‘अध्यक्षले प्रधानमन्त्रीकहाँ स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई अर्थमन्त्री नियुक्त गर्न निर्देशन दिनुभएको छ, उहाँको आजै बेलुका शपथ हुन्छ’, श्रोतले भन्यो ।शर्माको नियुक्तिका लागि सिफारिस पत्र बोकेर आइतबार बिहानै प्रचण्ड बालुवाटार पुगेका थिए । अब सरकारको सिफारिसअनुसार राष्ट्रपतिले शर्मालाई नियुक्ति गरेर शपथ गराउनेछिन् । बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |  आँखा स्वास्थ्य शिक्षा तालिम समपन्न  |  विद्यालयको शैक्षिक गुणस्तर सुधार्न विद्यार्थीसँग जनप्रतिनिधि कार्यक्रम सञ्चालन  |  ब्यक्तिगत खर्चबाट शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण  |  स्ववियु र विद्यार्थीहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न  |  भेरी नदिको बिच टापुमा अड्किएका दुई जनाको उद्धार  |  महिला हत्या आरोपमा पक्राउ परेका युवा सार्वजनिक  |  पत्रकार पुनको तिज कोसेली `तिजको बेला रमाइलो´ सार्वजनिक  |