माओबादी केन्द्र चौरजहारी नगर समितिको पाँचौ बैठक सम्पन्न
64x64
२०७९ श्रावन १४ शनिबार प्रेसपालिका संवाददाता
616 Views

चाैरजहारी नगरपालिकामा नेकपा माओबादी (केन्द्र )चौरजहारी नगर समितिको पाचौं बैठक सम्पन्न भएको छ । उक्त बैठक पार्टी कार्यालय पुर्ण शान्त सहिद स्मृति भवन बसेकाे थियोे । नगर अध्यक्ष श्रीकृष्णा शर्माको अध्यक्षतामा बसेकाे बैठकले यस्तो निर्णय गरेकाे हाे ।

 

स्थानीय चुनाव २०७९ काे चुनावी समीक्षा तथा माओवादी पार्टीकाे आगमी योजना निर्माण, पार्टि बिरुद्ध नराम्रा गतिविधि भ्रम सञ्चालन गर्नेलाई पार्टीले कार्बाही गर्ने निर्णय गरिएको वाइसीएल नेपाल चाैरजहारी नगर अध्यक्ष एलवि कटुवालले जनकारीदिनु भयो । साथै बैठकले नेकपा माओवादी केन्द्र  छाडेर अर्को पार्टीमा लागेका नगर समिति सदस्य उदे खत्री र तिलक बस्नेतलाई पार्टीको सदस्य नरहने गरि कार्बाही गरेको नगर समितिले जनाएको छ ।
माओबादी केन्द्र चौरजहारी नगर समितिको पाँचौ बैठक सम्पन्न - प्रेस पालिकाउक्त बैठकमा प्रमुख अतिथिका रुपमा नेकपा माओवादी केन्द्रका जिल्ला (इन्चार्ज )तथा केन्द्रीय सदस्य वसन्त शर्मा , केन्द्रीय सदस्यहरु महेन्द्र केसी (पारसमनी ) विशाल शर्मा, पुष्प बादी,लगायका नेताहरुको उपस्थिती रहेको कार्यक्रमकाे सञ्चालन भने पार्टी सचिव वीर बहादुर राणाले गर्नु भएकाे थियाे ।माओबादी केन्द्र चौरजहारी नगर समितिको पाँचौ बैठक सम्पन्न - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News