डा:बाबुराम भट्टराईको पार्टीको नाम टुंगियो
64x64
२०७९ श्रावन ०८ आइतबार प्रेसपालिका संवाददाता
119 Views

डा. बाबुराम भट्टराई समूहले पार्टीको नाम टुंगो लगाएको छ । नेपाल समाजवादी पार्टी नाम र चुनाव चिन्ह आँखा राख्ने सहमति भएको भ६्टराई निकट एक नेताले बताए ।

यो चुनाव चिह्न कुनै समय भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको थियो । अहिले समावेशी लोकतान्त्रिक पार्टीको छ । जनता समाजवादी पार्टी (जसपा) मा विवाद चर्किएका बेला भट्टराई निकट दीपक लामिछानेको अध्यक्षतामा ५ फागुनमा यो दल निर्वाचन आयोगमा दर्ता भएको थियो ।२ वर्षसम्म यो चुनाव चिह्न अर्को पार्टीले नपाउने भएका कारण नाम फेरेर ‘नेपाल समाजवादी पार्टी’ राख्ने र डा. बाबुरामलाई हस्तान्तरण गर्ने सहमति भएको छ ।

नेताहरुका अनुसार पार्टीको विधानमा फरक फरक समुदायबाट तीन अध्यक्षको व्यवस्था गरिएको छ । डा. भट्टराईले अध्यक्ष बन्ने रुचि देखाएको अवस्थामा खसआर्य समुदायबाट उनी अध्यक्ष बन्ने छन् भने मधेसी समुदायबाट महेन्द्र राय यादव हुनेछन् । आदिवासी जनजाति क्लस्टरबाट भने कसलाई अध्यक्ष बनाउने भन्ने अन्यौल छ । एक नेता भन्छन्, ‘हिषिला यमी र गंगानारायण श्रेष्ठ बाहेक अरु छैन । कि त उहाँहरुलाई राख्नुपर्‍यो, होइन भने दुई अध्यक्षमा राखेर चुनावसम्म जाने अवस्था पनि आउनसक्छ । दलको नाम परिर्वतन लगायतका प्रक्रिया बाँकी रहेकाले यसबारे निर्णय भइनसकेको एक नेताले बताए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News