रुकुम पश्चिम जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा माओवादी केन्द्रकी नेता लुम्बिनी गौतम निर्विरोध निर्वाचित भएकी छिन । उपप्रमुखमा माओवादीकै देवबहादुर कामी निर्विरोध निर्वाचित भएका हुन । सदस्यआठबीसकोट नगरपालिका १०, को वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।त्यस्तै कामी सानीभेरी गाउँपालिका–३, बाट निर्वाचित जनप्रतिनिधि हुन् ।
त्यस्तै ७ सदस्यमा पनि माओवादीकै उम्मेदवार निर्विरोध निर्वाचित भए । नेकपा माओवादी केन्द्रबाट मात्रै उम्मेदवारी परेको थियो । अरु उम्मेदवार नभएपछि उनीहरुलालाई निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । जिल्ला समन्वय समितिको सदस्यमा देउभान ओली, कृष्णबहादुर यरी, रामकुमार गौतम , मीना विक, गीताकुमारी केसी, शारदा दमाई, र गीता नेपाली पनि जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित भएका छन् ।