२०७९ वैशाख ३० मा भएको निर्वाचनमा रूकुम पश्चिम चौरजहारी नगरपालिका ८ मा नेपाली काँग्रेस र नेकपा (एमाले) को गठबन्धनलाई पराजित गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्षका उम्मेद्वार शशिराम बिक लगायत ५ जनाको सिङ्गो टीम नै विजयी भएकाे छ । बिक ४ सय १८ मत ल्याएर विजय हुनु भयको छ । भने उहाँका प्रतिद्वन्दी एमाले कांग्रेस गठबन्धनका मिसर मल्लले ३ सय ३१ मत ल्याएर पराजित हुनु भयको छ। त्यस्तै सदस्यमा माओवादी केन्द्रका गोरख घर्ती , पदम टमाटा , पुतला पुन , रश्मी बिक सार्की विजय हुनु भयको छ।
अहिले सम्म माओवादी केन्द्रका नगर प्रमुखका उम्मेद्वार पुष्प वादीले ३ हजार ८ सय ५५ र उप प्रमुखकी उमेद्वार इश्वरी शर्मा विएमले ३ हजार ९ सय २९ मत प्राप्त गर्नु भएको छ ।त्यस्तै गठबन्धनबाट नेपाली काँग्रेसका नगर प्रमुखका उम्मेद्वार प्रेमबहादुर ओली ले ३ हजार २ सय ६७ र एमालेका उप प्रमुखका उम्मेद्वार टंकप्रसाद ओलीले २ हजार ८ सय ४७ मत प्राप्त गर्नु भएको छ ।