रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० मा वडा सदस्यका उम्मेदवार सहित ५ जनामाथि कुटपिट भएको छ । पैसा बाढिरहेको र खुकुरी समेत बरामत भएको भनी काग्रेशले झुठो आरोप लगाएको माओवादीले जनाएको छ । कांग्रेसले आफ्नै हतियार लिएर गएको र माओवादीलाइ फसाउना खाेजेकाे, चुनावलाई बिथोल्न खाेजेकाे माओवादीको भनाई छ । नेपाली कांग्रेसका कार्यकर्ताले माओवादी केन्द्रको तर्फबाट वडा सदस्यका उम्मेदवार तुल्सीराम बुढा सहित कार्यकर्ता जुद्धबहादु घर्ती, कमल केसी, हरिबहादुर रोकाय र सौगात रोकायलाई कुटपिट गरेका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनिहरुलाई उद्दार गरेको थियो । प्रहरीले वडाध्यक्षका उम्मेदवार माओवादीको वडाध्यक्ष उम्मेदवारलाई चौरजहारी लिएर छाडेको छ ।
११ नम्बर वडाका मान्छेहरु समेत बोलाएर कांग्रेसका वडाध्यक्षका उम्मेदवार गणेशमान डाँगी नेतृत्वको टोलीले आफूहरुमाथी कुटपिट गरेको घाइते वडा सदस्य बुढाले जानकारी दिनुभयो । कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रको तर्फका वडाध्यक्षका उम्मेदवार विरेन्द्र रोकाय र सौगात रोकायलाई ४ देखि ५ घण्टा बन्धक बनाएका थिए ।
