माओवादी केन्द्र त्रिवेणीका अध्यक्ष रिहा
64x64
२०७९ बैसाख २८ बुधबार प्रेसपालिका संवाददाता
182 Views

नेकपा माओवादी केन्द्र त्रिवेणी गाँउपालिकाका रुकुम पश्चिम स्थित अध्यक्ष गणेश खड्का हिजो साझ रिहा हुनु भएको छ । चौरजहारी नगरपालिका वडा नं. १४ स्थित प्रहरी चौकी तोडफोड भएको घटनाको सम्बन्धमा सोधपुछको लागि प्रहरीले हिजो विहान खड्कालाई सिम्रुतुबाट नियन्त्रणमा लिएको थियो । आवश्यक परेमा जिल्ला प्रहरी कार्यालयमा हाजिर हुने गरी रिहा गरिएको प्रहरीले जनाएको छ । कांग्रेसले माओवादी कार्यकर्ताहरुले आक्रमण गरेर आफ्ना कार्यकर्ताहरुलाई घाइते बनाएको बताएको थियो भने कांग्रेस कार्यकर्ताको आक्रमणमा आफ्ना कार्यकर्ताले प्रतिकार गरेको माओवादीले जनाएको थियो । उक्त घटनामा आधा दर्जन बढी कांग्रेस कार्यकर्ता घाइते भएका थिए । विवादले उग्र रुप लिएपछि नुवाकोट प्रहरी चौकीमा समेत क्षेति पुगेको थियो ।
माओवादीका केन्द्रका अुनसार कांग्रेस कार्यकर्ताहरुले माओवादी वडा पार्टी कार्यालय सहित केही नेताका घर र मोटरसाईकलमा तोडफोड कांग्रेसले गरेका थिए । खड्कालाई प्रहरीले हिजो बेलुका माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका सचिनको जिम्मामा छोडेको हो । वैशाख २२ गते कांग्रेस र माओवादी कार्यकर्ता विचमा झडप भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

रूकुम पश्चिम को मुसिकोट खलंगामा कानुन निर्माण सम्बन्धी स्थानीय तहसँग अन्तर्क्रिया कार्यकम सम्पन्न  |  आठविसकोटको कोटमौलामा दशैं को अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने  |  मुसिकोट नगरपालिका वडा नम्बर १३ द्वारा विद्यार्थीलाई पोसाक वितरण  |  रुकुम पश्चिमको विजश्वरी बोर्डिङ स्कुलले पनि मनायो राष्ट्रिय शिक्षा दिवस  |  शिक्षा दिवसको अवसरमा पोशाक वितरण  |  पूर्व वडा अध्यक्ष दीपक के.सी द्वारा विद्यालयको फिल्ड निर्माणमा आर्थिक सहयोग  |  बाल दिवसको अवसरमा मुसिकोट १३ मा अतिरिक्त क्रियाकलाप सम्पन्न  |  सिस्ने एकेडेमीमा तीज विशेष कार्यक्रम सम्पन्न  |  तीजको सांस्कृतिक महत्व र वर्तमानको परिदृश्य  |  रुकुम जिल्लामै पहिलोपटक अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीलाई निःशुल्क पठनपाठन  |