रुकुम पश्चिम चाैरजहारी नगरपालिकामा नेकपा माओवादी केन्द्र पार्टीकाे भातृ संगठन वाइसिएल नेपालल चाैरजहारी भ्यालीबाट माेटरसाइकल र्याली निकालेकाे छ । चाैरजहारीकाे वडा नम्बर ३ त्रिवेणी चाेकबाट सुरु भएको माेटरसाइकल र्याली साेती, काेटजहारी ,जुम्लीपाेखरी,जाेगीनेटा,तिमीले,लिउरेबारी,नुवाकोटडाँडा,लामाडाँडा,रातामाटा,सिम्खाेली,मुलजिउला,खाेलागाउँ,मलामेडाँडा, शान्ति बजार ,नार्जी हुँदै पार्टी कार्यलय वडा नम्बर ३ भइ पुन: त्रिवेणी चाेकमा पुगेकाे वाइसिएल नेपाल चाैरजहारी नगर कमिटी संयाेजक एल बि कटुवालले जानकारी दिनुभएको हाे ।
संयाेजक कटुवालका अनुसार भाेलि देखि कुनै पनि निर्वाचनकाे प्रचारप्रसार गर्न नपाउने भएपछि १४ वटै वडाहरुमा परिक्रमा गरिएकाे कटुवालले बताउनु भयाे । मेयरका उम्मेदवार पुष्प बादीले वडाहरुमा माओवादी केन्द्रकाे बिजय गराउन र्याली निकालिएको हाे । माओबादी केन्द्रकाे चुनाव प्रचार प्रसारकाे लागि ब्यापक बनाउना हामिले याे अभियान गरिएको प्रमुखका उम्मेदवार बादीकाे भनाइ रहेकाे छ। झण्डै ३०० माेटरसाइकल र दुई वटा जिप लिएर वाईसीएलले चाैरजहारी चुनावकाे प्रचारप्रसार गरेकाे हाे ।
