
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित चुनावी सभा आज अन्तिम दिन चौरजहारी नगरपालिका वडा नम्बर ३ मा कार्यक्रम संचालन सुरु भएको हो ।
समाजवाद उन्मुख समृद्धिका लागी स्थानिय सरकार व्यबस्था बदल्यौ अबस्था बदल्न माओवादी केन्द्रलाई मतदान भन्ने मुल नाराका साथ १४ ओटै वडालाई लक्षित गर्दै २४ गते अन्तिम चुनावी सभा कार्यक्रम संचालन गरिएको छ।
प्रमुख अथितिको सिट आसन प्रदेश सदस्य एवम पुर्व आर्थिक योजना तथा मामिला मन्त्री गोपाल शर्मा (अनल) ,विशिष्ट अथिति प्रदेश सदस्य बिशाल शर्मा ,अथिति प्रदेश सदस्य एवम नगर प्रमुख पदको उम्मेदवार पुष्प बादी ,नगर उपप्रमुख पदको उम्मेदवार इश्वरी कुमारी शर्मा बिएम ,वडा नम्बर ३को वडा अध्यक्ष लालबहादुर बुढा लगायतको अथित्यता रहेको थियो ।
केन्द्रिय सदस्य एवम पुर्व आर्थिक योजना तथा मामिला मन्त्री गोपाल शर्मा (अनल)ले जनताको सेवाको निम्ति सडक,यातायात,स्वास्थ्य केन्द्र ,बिजुली बत्ति ,खानेपानी लेक लेकमा पुर्याएको , एक घर एक धारा निर्माण गरेको र युवाहरुले अव बिदेश धाउनु नपर्ने रस्वदेश मै रोजगार दिने बताउनु भयो ।
कर्णाली प्रदेश सदस्य बिशाल शर्माले भेरी को पानी मैखारा फाल्ने माओवादी हो । यो चुनाबमा जिताउने पुष्प बदी लाई हो
महिलाको नेतृत्व गर्ने अधिकार महिला लाई छ ,गणतन्त्र ल्याउन संघियता ल्याउनका लागि बलिदान गरेका सन्तान हुन त्यसैले चौरजहारी नगर पालिका वडा नम्बर ३ का उम्मेदवारहरु हुन भनेर शर्माले बताउनु भयाे ।
सभा कार्यक्रमकाे अध्यक्षता माेति प्रशाद पाेखरेलकाे रहेकाे थियोे भने सञ्चालन रमेश बिसीले गर्नु भएकाे थियाे ।
