माओवादी केन्द्र चाैरजहारी ७ र ९ वडाको संयुक्त चुनावी सभा अभियान सम्पन्न
64x64
२०७९ बैसाख २३ शुक्रबार प्रेसपालिका संवाददाता
239 Views

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बैशाख ३० गते हुन गइरहेको निर्वाचनलाई लक्षित चुनावी सभा आज ९ औ दिन कार्यक्रम सुरु भएको छ ।

“समाजवाद उन्मुख समृद्धिका लागी स्थानिय सरकार ,व्यबस्था बदल्यौ अबस्था बदल्न माओवादी केन्द्रलाई मतदान ” भन्ने मुल नाराका साथ वडा नम्बर ७ र वडा नम्बर ९ को संयुक्त चुनावी सभा वडा नम्बर ७ को कोटजहारीमा कार्यक्रम संचालन गरिएको हो ।

प्रमुख अथितिको सिट आसन प्रदेश सदस्य एवम पुर्व आर्थिक योजना तथा मामिला मन्त्री गोपाल शर्मा (अनल) ,विशिष्ट अथिति प्रदेश सदस्य बिशाल शर्मा ,अथिति नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य राजकुमार शर्मा ,प्रदेश सदस्य एवम नगर प्रमुख पदको उम्मेदवार पुष्प बादी ,नगर उपप्रमुख पदको उम्मेदवार इश्वरी कुमारी शर्मा बिएम ,वडा नम्बर ७ को वडा अध्यक्षको उम्मेदवार भिम प्रसाद जैसी , वडा नम्बर ९ को वडा अध्यक्षको उम्मेदवार कृष्ण बहादुर मल्ल लगायतको अथित्यता रहेको थियो।

वडा नम्बर ९ को वडा अध्यक्षको उम्मेदवार कृष्ण बहादुर मल्लले सडक नपुगेको ठाउँमा सडक पुर्याउने र भेरी नदि देखी आफ्नो वडा सम्म लिफ्ट खानेपानी १घर १ धारा पुर्याउने प्रतिबद्धता जनाउनु भएको छ ।

वडा नम्बर ७ को वडा अध्यक्षको उम्मेदवार भिम प्रसाद जैसीले माओवादी कै एजेन्टामा देश अगाडी बडेको छ ।अशिक्षित ,प्रौढलाई अनौपचारिक शिक्षा प्रदान गर्ने ,जेहेन्दार बिद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने र बिद्यालयमा प्राबिधिक शिक्षा उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो ।

प्रदेश सदस्य एवम नगर प्रमुखको उम्मेदवार पुष्प बादीले पुर्वाधार कामहरु शैक्षिक स्तरको वृद्धि ,सडक निर्माण ,यातायात ,खानेपानी ,५ कक्षा सम्मको विद्यार्थीहरुलाई पोशाक ,दिवा खाजा उपलब्ध गराएको र गरिब ,दलित र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने र गरिब ,एकल महिला ,उत्पीडित वर्गलाई निशुल्क स्वास्थ्य बिमा गराउने प्रतिबद्धता जनाउनु भएको छ । माओवादी केन्द्र चाैरजहारी ७ र ९ वडाको संयुक्त चुनावी सभा अभियान सम्पन्न - प्रेस पालिका

नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य राजकुमार शर्माले माओवादीलाई जिस्काउनु भनेको आफ्नो आयु छोट्याउनु हो ।हतियारमा खिया लागेपनि मष्तिस्कमा खिया नलागेको र माओवादीले जे गर्छ सामाजिक न्यायको लागी गरेको बताउनु हुन्छ ।

चौरजहारी नगरपालिका वडा नम्बर ९ मा २ जनाले काङग्रेस परित्याग गरी माओवादीमा प्रबेश गर्नु भएको छ ।प्रबेश गर्ने गनेश बिक र मेनुका बिक रहनु भएको छ ।काङग्रेस सङग आफ्नो शिदान्त बिचार नमिलेको बताउनु भयो ।

माओवादी केन्द्रको पार्टि अध्यक्ष चित्र नाथ योगीको अध्यक्षतामा रहेको कार्यक्रको संचालन पार्टि अध्यक्ष कृष्ण बिकले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News