निर्वाचन आचारसंहिता उल्लंघनका घटना बढ्दै
64x64
२०७९ बैसाख १८ आइतबार प्रेसपालिका संवाददाता
366 Views

रुकुम पश्चिममा राजनितिकदलहरुले निर्वाचन आचारसंहिता उल्लंघन गरेको गुनासो बढे पछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले राजनितिकदलहरुसंग छलफल गरेको छ । चुनाव प्रचारको नाममा आचारसंहिता उल्लंघनका घटना बढ्दै गए पछि आज बिभिन्न राजनितिकदलहरु संग छलफल भएको हो ।

जिल्लामा स्थानीयतहको निर्वाचनमा भाग लिएका दलहरुले आचारसंहिता विपरित कार्य गर्दै आएका छन् । चुनाव चिन्ह अंकित पोशाक लगाउने, बिभिन्न ठाउँमा हुलदंगा गर्ने, कार्यकर्ताहरु एक ठाउँमा जम्मा भएर मदिरा सेवन गर्ने लगायत क्रियाकलाप गर्ने गरेको पाइए पछि आईतबार आचारसंहिताका विषयमा छलफल भएको हो ।

फलफल पछि दलहरुले निर्वाचन चिन्ह अंकित कुनै पनि सामाग्रि प्रयोग नगर्ने प्रतिबद्धता जाहेर गरेका थिए । निर्वाचन भय रहित बनाउन राजनितिकदहरुको ठुलो भुमिका रहने भन्दै मुख्य निर्वाचन अधिकृत बिद्याराज पौडेले निर्वाचन आचारसंहिताको पालना गर्न आग्रह गर्नुभयो । त्यस्तै सवारी साधनको प्रयोग पनि आचारसंहिता विपरित भएको भन्दै सवारी संचालनको लागि अनुमति लिन आग्रह गर्नुभएको छ ।

पालिका अध्यक्ष तथा प्रमुखले एउटा चार पाङ्ग्रे सवारी साधन एक वटा, वडा अध्यक्षले दुई पाङ्ग्रे सवारी एक वटा मात्रै प्रयोग गर्न पाउने छ । ति सवारी साधन प्रयोग गर्दा अनुमति लिनु पर्ने छ । त्यस्तै सवारी साधनमा झण्डा तथा चुनाव चिन्हको प्रयोग भैरहेको पाईएकोले त्यो पनि नगर्न राजनितिकदलहरुलाई आग्रह गरिएको छ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News