माओवादी केन्द्र सानीभेरीले स्थानीय तहकाे चुनावी अभियान तिव्रता
64x64
२०७९ बैसाख १८ आइतबार प्रेसपालिका संवाददाता
336 Views

रुकुम पश्चिम सानीभेरी गाउँपालिकाले स्थानीय तहकाे चुनावी अभियानलाई तिव्रता दिएकाे छ ।
सानीभेरी ११ सानीभेरी गाउपालिका वडा नम्बर १० र सानिभेरी ८ यस्तै सानिभेरी ७ का बिभिन्न ठाउँमा चुनावी कार्यक्रम गरेको माओवादीले आज सानिभेरीको २नम्वरको फरक फरक तीन ठाउँमा कार्यक्रम गरीसकेको नेकपा माओवादी केन्द्रले जानकारी दिएकाे छ।

आज गाउँपालिकाको वडा नम्वर २ को गिठाकोट जिउला , पुर्तिमकाडा र बसनडाडामा कार्यक्रम गरेको छ गाउँपालिका पाटि उपाध्यक्ष्य धर्म बहादुर पुन(साहित्य)को अध्क्षयतामा भएको कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश कमिटी सदस्य तथा सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुन गाउँपालिका अध्यक्षका उम्मेदवार बिर्खबहादुर विष्ट केदार उपाध्यक्षका उम्मेदवार कमला राेका पुन, कलाकार किरण बाबु पुन , तिलक परीयार, डिल्ली परीयार ,वडा अध्यक्षका उम्मेदवार मान बहादुर पुन(आकाश) सदस्यहरु धन बहादुर बि क, तीखे पुन (गोकर्ण), गंगादेवी पुन,आशा दमाई, लगाएत वाईसीएल नेपाल सानीभेरी गाउँपालिका ईन्चार्ज गाेविन्द ओली ,वाईसीएल गाउँपालिका अध्क्षय गोविन्द बि.सी लगाएत स्थानीय कार्यकर्ताको उपस्थित रहेकाे थियो।

कार्यक्रममा बोल्दै उमेद्वार बिष्टले समग्र सानिभेरीको विकासको लागी आफुले काम गर्ने शिक्षा ,स्वास्थ्य र जनताका का आधारभुत आवश्यकतालाई प्राथामिक्तामा राखेर काम गर्ने उहाँले जोड दीनु भयो तेसको‌ लागी आफ्नो पाटीलाई जिताउन अपिल गर्नुभयो । कार्यक्रममा तरुनदल गाउसमिति सह-सचिव रविन्द्र कंवर र तरुनदल गाउकमीटि सदस्य कुलदेव बि.क ले माओवादी‌ केन्द्रमा प्रवेश गर्नुभएको छ
उक्त कार्यक्रमकाे सञ्चालन वडा पाटी अध्क्षय गोबिन्द बुढाले गर्नुभएको थियाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News