रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित चुनावी सभा आज छैटौं दिन कार्यक्रम संचालन भएको छ ।
“समाजवाद उन्मुख समृद्धिका लागी स्थानिय सरकार व्यवस्था बदल्यौ अवस्था बदल्न माओवादी केन्द्रलाई मतदान ” भन्ने मुल नाराका साथ भब्य र सब्य रुपमा चौरजहारी नगरपालिका वडा नम्बर १३ को एकौलीमा कार्यक्रम संचालन गरिएको हो ।
१४ ओटै वडालाई लक्षित गर्दै १३ गते देखी सुरु चुनावी सभा माओवादीलाई बिजय गराऔ भन्दै आज वडा नम्बर १३ को एकौलीमा कार्यक्रम संचालन गरिएको हो ।
प्रमुख अथितिको सिट आसन नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य राजकुमार शर्मा ,
बिशिस्ट अथिति केन्द्रिय सदस्य एवम पुर्व आर्थिक योजना तथा मामिला मन्त्री गोपाल शर्मा (अनल), प्रदेश सदस्य बिशाल शर्मा , प्रदेश सदस्य राधा रोका (भावना) ,प्रदेश सदस्य बिरेन्द्र बुढा मगर (मन्जित ) ,प्रदेश बैकल्पिक सदस्य शैलेश कुमार शर्मा , नगर प्रमुखका उम्मेदवार पुष्प बादी , नगर उपप्रमुख उम्मेदवार इश्वरी कुमारी शर्मा बिएम , माओवादी केन्द्रको पर्टि अध्यक्ष एवम वडा अध्यक्ष श्री कृष्ण शर्मा लगायतको अथित्यता रहेको थियो ।
माओवादी केन्द्रको पार्टि अध्यक्ष एवम वडा अध्यक्ष श्री कृष्ण शर्माले गत वर्षको चुनावमा चौरजहारी नगरपालिका वडा नम्बर १३ मा एमालेले बिजय गरेको थियो । अहिले सम्म केहि विकास नभएको र अब माओवादीलाई बिजय गराउनु पर्ने र वडा बासीको माग पुरा गर्ने बताउनु भएको छ ।जनताको आशा भरोसा बनेका उम्मेदवारले जनतालाई विश्वास घात गरेमा आफ्नो पद खारिज गरेर आफ्नो गल्ती स्वीकार गरी फेरी आउने बताउनु भयो । जो यो वडामा आज सम्म विपक्ष पार्टिले गर्न नसकेको कामलाई निरन्तर्ता दिने बताउनु भयो ।
प्रदेश सदस्य बिशाल शर्माले गत वर्ष सहि उम्मेदवार नचुन्दा बिजय नगराउदा १३ नम्बर वडामा बिकास न्युन रहेको छ र अबको माओवादीको उम्मेदवारलाई बिजय गराउने र जे गर्छ माओवादीले गर्छ । त्यसै कारण माओवादीलाई बिजय गराउने बताउनु भयो ।
केन्द्रिय सदस्य एवम पुर्व आर्थिक योजना तथा मामिला मन्त्री गोपाल शर्मा (अनल)ले जनताको सेवाको निम्ति सडक,यातायात,स्वास्थ्य केन्द्र ,बिजुली बत्ति ,खानेपानी लेक लेकमा पुर्याएको , एक घर एक धारा निर्माण गरेको र युवाहरुले अव बिदेश धाउनु नपर्ने रस्वदेश मै रोजगार दिने बताउनु भयो ।
नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य राजकुमार शर्माले समाजमा रहेका जातिय ,लिङगिय विभेदलाई अन्त्य गर्नु पर्ने र नकारात्मक सोचलाई त्याग गरी सकारात्मक सोच बोक्नु पर्ने र माओवादीले नै परिवर्तन गर्ने बताउनु भयो ।
माओवादी केन्द्रको नगर समिति सदस्य केशव शर्माको अध्यक्षतामा रहेको चुनावी सभा कार्यक्रमको संचालन अखिल क्रान्तिकारी केन्द्रिय सदस्य सुन्दर शर्माले गर्नु भएको थियो ।