चाैरजहारी १० र ११ वडामा चुनावी सभामा कांग्रेस, एमाले छाडेर माओवादीमा प्रवेश
64x64
२०७९ बैसाख १७ शनिबार प्रेसपालिका संवाददाता
685 Views

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित चुनावी सभाको आज ५ औं दिन कार्यक्रम सुरु भएको थियो ।

“समाजवाद उन्मुख समृद्धिका लागी स्थानिय सरकार व्यबस्था बदल्यौं अबस्था बदल्न माओवादी केन्द्रलाई मतदान” भन्ने मुल नाराका साथ चौरजहारी नगरपालिका वडा नम्बर १० चिन्नेबगरमा चुनावी सभा कार्यक्रम सुरु गरिएको हो ।

१४ ओटै वडालाइ लक्षित गर्दै १३ गते देखि सुरु गरिएको चुनावी सभा माओवादी लाइ बिजय गराउ भन्दै वडा नम्बर १० र ११ लाइ मध्यनजर गर्दै वडा नम्बर १० को चिन्नेबगर मा चुनावी सभा कार्यक्रम संचालन गरिएको थियो ।

प्रमुख अथितिको सिट आसन नेकपा माओवादी केन्द्रको केन्द्रीय सदस्य राजकुमार शर्मा,
विशिष्ट अथिति केन्द्रीय सदस्य एवम पुर्व आर्थिक योजना तथा मामिला मन्त्री गोपाल शर्मा (अनल),
अथिति प्रदेश सदस्य बिशाल शर्मा,
प्रदेश सदस्य एवम नगर प्रमुखका उम्मेदवार पुष्प बादी ,नगर उपप्रमुख उम्मेदवार इश्वरी कुमारी शर्मा बिएम ,
वडा नम्बर १० को उम्मेदवार विरेन्द्र रोकाय ,प्रदेश सदस्य एवम नगर उप प्रमुख राधा रोका (भावना),प्रदेश सदस्य विरेन्द्र बुढा (मन्जित),प्रदेश वैकल्पिक सदस्य शैलेश कुमार शर्मा,वडा नम्बर ११ को उम्मेदवार तुल्से ओली लगायतको अथित्यता रहेको थियो ।
प्रदेश सदस्य एवम नगर प्रमुख पुष्प बादिले चौरजहारी नगरपालिका लाइ समृद्ध चौरजहारी नगरपालिका बनाउन माओवादी लाइ नै कुर्नु पर्यो ।कक्षा ५ सम्म को बिद्यार्थीलाइ निशुल्क शिक्षा दिएको ८० प्रतिसत घरमा पानी पुर्याएको र अधुरा र अपुरा कामलाइ पुरा गर्नका लाइ जोड दिने र बिदेश जाने काम लाइ रोकेर स्वदेशमै रोजगार बनाउने बताउनु भयो ।

केन्द्रीय सदस्य एवम पुर्व आर्थिक योजना तथा मामिला मन्त्री गोपाल शर्मा (अनल)ले नपुगेको ठाउमा सडक ,बिजुली पुर्याउने र एक घर एक रोजगार बनाउने योजना बनाएको बताउनु भयो ।

नेकपा माओवादी केन्द्रको केन्द्रिय सदस्य राजकुमार शर्माले जनतालाइ खुशी का साथ बाच्न सुख चाहिन्छ ।मान्छे मान्छे एउटै हो सबै खुसी का लागी बाच्नु हो ।जुन जनताको अधिकार थिचिएर रहेका थिए । त्यसलाइ गाउँ गाउँ ल्यएको माओवादीले नै हो ।
बादी समुदाय बाट उम्मेदवार लाइ बिजय गराइ चौरजहारी नगरपालिका लाइ एउटा नमुनाको रुपमा चिनाउन अनुरोध गर्नु भएको थियो ।

चुनावी सभा कार्यक्रम मा चौरजहारी नगरपालिका ११ जाेगिनेटाका ४ र वडा नम्बर १० का १ जना काङ्ग्रेस र १ जना एमाले परित्याग गरि माओवादी मा प्रवेश गर्नु भएको छ ।

केशव ओली ,राम बहादुर ओली,प्रकाश ओली, तेज बहादुर ओली ,कर्ण बिर परियार र प्रेम रोकायले माओवादी केन्द्रमा प्रबेश गर्नु भएको थियो ।

माओवादी केन्द्रका वडा नम्बर ११ का अध्यक्ष यज्ञ ओलीको अध्यक्षतामा रहेकाे कार्यक्रममा निराजन केसी ले कार्यक्रम संचालन गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News