चाैरजहारीमा निर्वाचन लक्षित चुनावी सभा वडा नम्बर ४ मा कांग्रेस छाडेर १५ जना माओवादीमा प्रवेश
64x64
२०७९ बैसाख १६ शुक्रबार प्रेसपालिका संवाददाता
426 Views

रमिता खड्का : रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बैशाख ३० गते हुने निर्वाचनलाई लक्षित चुनावी सभाको आज चौथो दिन कार्यक्रम सम्पन्न भएको छ ।
१४ वटै वडालाई लक्षित गर्दै १३ गते देखि सुरु भएको चुनावी सभा माओवादी केन्द्रलाइ विजय गराऔ भन्दै आज चौथो दिन वडा नम्बर ४ मनकोटमा कार्यक्रम संचालन गरिएको नेकपा माओवादी केन्द्र समितिले जनाएको छ । समाजवाद उन्मुख समृद्धिका लागी स्थानिय सरकार ब्यबस्था बदल्यौ अबस्था बदल्न माओवादीलाई बिजय गराऔ भन्ने मुल नाराको साथ चौरजहारी नगरपालिका वडा नम्बर ४ मनकोटमा कार्यक्रम भएको हो ।
चुनावी लक्षित कार्यक्रमको प्रमख अथिति केन्द्रीय सदस्य तथा आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा (अनल) ,विशिस्ट अथिति प्रदेश सदस्य बिशाल शर्मा ,माओबादी केन्द्र बाट चौरजहारी नगर प्रमुखका उम्मेरदोवारी दिनु भएका पुष्प वादि ,उपप्रमुखमा उम्मेरदोवारी दिनु भएकी इश्वरी कुमारी शर्मा बिएम लगाएतको उपस्थिति रहेको थियो ।
माओबादी केन्द्रका केन्द्रीय सदस्य पुर्ब आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले दलितहरु अब दबाबमा पर्र्नुु पर्ने छैन, हेपिनु पर्ने छैन र पुष्प वादिलाई उम्मेदवारी बनाउदा पक्कै पनि परिवर्तन आउने छ भनि उम्मेदवारमा घोषण गरेको शर्माले बताउनु भयो ।
नगर प्रमुख उम्मेदवार पुष्प वादिल गत ५ वर्षमा विकास निर्माणका काम जति भएका छन र बाकी निर्माणधिन अबस्थामा रहेका काम लगत्तै निर्माण गर्ने र चौरजहारी नगरपालिकालाई एउटा सुन्दर चौरजहारी नगर भनेर चिनाउने बताउनु भयो ।
चौरजहारी नगरपालिका ४ मनकोटमा चुनावी सभा कार्यक्रम मा बोल्दै प्रदेश सदस्य बिशाल शर्माले आफुले ५ वर्षको अबधि मा गरेका काम हरुको समिक्षा गर्दै अब आउने उम्मेदवारि हरुले पनि यसरि नै काम गर्ने बिश्वास दिलाउनु भयको छ । पहिले काङग्रेसको सरकार हुदा विगत कस्तो थियो ,अहिले माओवादिको सरकार हुदा वर्तमान कस्तो छ र अझै माओवादि पार्टी नै रहिरयो भने अझै कति विकास होला त यसको मतलब ५ वर्षको अन्तरालमा धेरै विकास भैसकेको छ । अहिले चौरजहारी बासिलाइ १ घर १ धारा माओवादिको कारण आएको शर्माले बताउनु भयो । १४ ओटै वडामा सडक पुगेको माओवादिकै कारण हो । अहिले घर घर मा बिजुली बत्ति जडान गरियको छ । माओवादि कै कारण आएको हो यो मात्र नभइ यातायात को साधन, उध्योग,स्वास्थ्य ,शिक्षा लगायत धेरै कुराको विकास भएको शर्माले बताउनु भयो ।
वडा नम्बर ४ माओबादी केन्द्रका उम्मेदवार गोपाल भण्डारिले मुख्य कुरा माओवादी पार्टि ले अगाडि सारेका सबै कार्यबिधि तयार गरि आफुले काम गर्ने र आर्थिक समृद्धि तथा सामाजिक सस्कृतिक रुपान्तरन कार्यन्वयनमा जोड दिने बताउनु भयो ।
माओबादि केन्द्रका नेता भद्र बहादुर बुढाको अध्यक्षतामा भएको चुनावी सभा कार्यक्रम बिपी सेर्पालीे संचालन गर्नु भएको थियो । त्यस्तै कांगे्रस परित्यग गरी माओबादी केन्द्रमा प्रबेश गर्नेहरु दिल बहादुर पुन, चन्द्र बहादुर राणा, तिल्मा राणा, राम कुमारी राणा भबिता खड्का, सुमित्रा खड्का, सुशिला खड्का , शुसिला बुढा , भद्र बहादुर राणा, मोहन शेर्पाली, रगबिर सार्की, तिलबिर खड्का,इन्द्रजित घर्ति, खिम बहादुर राना, रमिता पुन,लगायत १५ जनाले प्रबेश गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |