स्थानीय तहकाे आगामी बैशाख ३० गते हुने चुनावकाे प्रचारप्रसारकाे क्रममा सानीभेरी १० काे चिन्तुमा सानीभेरी गाउँपालिका नेकपा माओवादी केन्द्रका गाउँपालिकाका अध्यक्षका उम्मेदवार बिर्खबहादुर विष्ट केदारले एक एक मावि एक खेलकुद शिक्षक सँगै प्रविधिमैत्री शिक्षामा जाेड् दिने बताउनु भएको छ ।भाैतिक विकासकाे जग यस अघिकाे स्थानीय सरकारले बसालि सकेकाे र त्यसकाे बाँकी कार्य पूरा गर्ने कामका लागि माओवादी पार्टीलाई एक छापे मत दिन समेत जनताहरुलाई समेत आग्रह गर्नुभएको छ ।जितकाे सुनिश्चित छ प्रतिपक्षले भ्रम छर्न सक्छन् त्यसमा सजग रहन र काम गर्दा गल्ती हुन सक्छ त्यसलाई सुधार्न म जनतासँग माफी माग्छु गाउँपालिका अध्यक्ष उम्मेदवार केदारले भन्नू भयाे ।
नेकपा माओवादी सानीभेरी गाउँपालिका पार्टी सदस्य शेरबहादुर खड्काकाे अध्यक्षयतामा भएको कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश कमिटी सदस्य तथा सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुन गाउँपालिका अध्यक्षका उम्मेदवार बिर्खबहादुर विष्ट केदार उपाध्यक्षका उम्मेदवार कमला राेका पुन वडा अध्यक्षका उम्मेदवार टिकाराम खड्का विष्णु सदस्यहरु सीता डाँगी खड्का ,जंगविर ओली ,जयकुमारी कामी र खमबहादुर खड्का लगाएत वाईसीएल नेपाल सानीभेरी गाउँपालिका ईन्चार्ज गाेविन्द ओली ,अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन खड्का कलाकार डिल्ली परियारकाे समूह, पत्रकार प्रेस सेन्टर नेपाल सानीभेरी गाउँपालिका अध्यक्ष छविलाल विष्ट लगाएत स्थानीय कार्यकर्ता उपस्थित रहेकाे कार्यक्रमकाे सञ्चालन वाईसीएल नेपाल जिल्ला सदस्य महेश विकले गर्नुभएको थियाे ।