रुकुम पश्चिम सानीभेरी गाउँपालिकाले स्थानीय तहकाे चुनावी अभियानलाई तिव्रता दिएकाे छ ।
सानीभेरी ११ काे गातिना ,काफलबाेट हुँदै आज सानीभेरी गापा १० वडाकाे तीन ठाउँमा चुनावी कार्यक्रम गरेकाे छ ।
अर्माडाँडा घण्ठाना र चिन्तुमा फरक फरक तीन ठाउँमा कार्यक्रम भएको नेकपा माओवादी केन्द्र पाटीले जानकारी दिएकाे हाे ।अर्माडाँडा र घण्ठानामा वडा पाटी अध्यक्ष घमण्ड विककाे अध्यक्षयतामा भएको कार्यक्रममा प्रमुख अतिथि कर्णाली प्रदेश कमिटी सदस्य तथा सानीभेरी गाउँपालिका अध्यक्ष नरबहादुर पुन गाउँपालिका अध्यक्षका उम्मेदवार बिर्खबहादुर विष्ट केदार उपाध्यक्षका उम्मेदवार कमला राेका पुन वडा अध्यक्षका उम्मेदवार टिकाराम खड्का विष्णु सदस्यहरु सीता डाँगी खड्का ,जंगविर ओली ,जयकुमारी कामी र खमबहादुर खड्का लगाएत वाईसीएल नेपाल सानीभेरी गाउँपालिका ईन्चार्ज गाेविन्द ओली ,अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य जीवन खड्का कलाकार डिल्ली परियारकाे समूह पत्रकार प्रेस सेन्टर सानीभेरी गाउँपालिका अध्यक्ष छविलाल विष्ट लगाएत स्थानीय कार्यकर्ता उपस्थित रहेकाे कार्यक्रमकाे सञ्चालन वाईसीएल नेपाल जिल्ला सदस्य महेश विकले गर्नुभएको थियाे ।