नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मुसिकोट नगरपालिका वडा नम्बर ६ को बिस्तारीत बैठक सम्पन्न भएको छ । बैठकले नारायण केसी संयोजक र यामबहादुर केसी सहसंयोजक रहने गरी १ सय ५ सदस्यीय वडा निवार्चन परिचालन समिति निमार्र्ण गरेको हो ।
साथै बैठकले बैशाख १७ गते भण्डारीकाँँडा र १९ गते झिँजामा हुने वडा सम्मेलनलाई व्यापक बनाउने, वडाका बिभिन्न टोलहरुमा टोल सम्मेलन गर्न, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी गठबन्धका संयुक्त उम्मेद्धारहरुलाई विजय बनाउन सबै लागि पर्ने ,र भोली १६ गते देखी पार्टीले घरदैलो तथा जनभेटघाट कार्यक्रमलाई तिव्रता दिने लगाएतका निर्णय गरेको छ ।
पार्टी वडा ईन्चार्ज नारायण केसीको अध्यक्षतामा सम्पन्न भएको बैठकमा,पार्टीका प्रदेश समिति सदस्य जय बहादुर पाण्डे,नगर समिति सदस्य बसन्त कुमार गौतम,एकिकृत समाजवादी ६ नम्बर वडा अध्यक्ष याम बहादुर केसी लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।