निवार्चन आयोगले आज उमेद्धारको नामावली प्रकाशन गर्ने
64x64
२०७९ बैसाख १५ बिहिबार प्रेसपालिका संवाददाता
159 Views

यहि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने अन्तिम दिन हो । आयोगको कार्यतालिका अनुसार हिजो र आज मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गर्ने कार्यतालिका रहेको थियो ।

आयोगले वैशाख १३ गते उमेदवारको विरोधमा उजुरी दिन सकिने व्यवस्था गरेको थियो । १३ गते साँझ ५ बजेसम्म स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन दर्ता गराएकाहरूको विरोधमा उजुरी दिने समय तोकिएको थियो ।

आज साँझ ६ बजे मनोनयन भएको उमेदवारको नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका छ ।

त्यस्तै, आयोगको तालिका अनुसार १६ गते (भोलि ) साँझ ५ बजेसम्म उमेद्धारी फिर्ता लिन सकिनेछ । भोलि साँझ ५ बजे आयोगले अन्तिम नामावली प्रकाशन गर्नेछ ।

आयोगको कार्यतालिका अनुसार १७ गते चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यक्रम रहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News