मुसिकोटमा घरदैलो तथा जभेटघाट कार्यक्रम सम्पन्न
64x64
२०७९ बैसाख १५ बिहिबार प्रेसपालिका संवाददाता
377 Views

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा आगामि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन को लागि नेकपा माओबादि केन्द्र र एकीकृत समाजबादि पार्टीको संयुक्त घरदैलो तथा जनभेटघाट कार्यक्रम भएको छ । आज नगरपालिकाकोे वडा नम्बर १ को सालघारि टोलमा घरदैलो तथा जनभेटघाट कार्यक्रम गरिएको हो ।
नगरप्रमुखका उम्मेदवार बसन्त शर्मा र उपप्रमुखका उम्मेदवार बिमल कुमार पुन लगायतको सहभागितामा जनभेटघाट कार्यक्रम गरिएको हो ।
त्यस्तै मुसिकोट नगरपालिकाको वडा नम्बर ७ मा पनि घरदैलो अभियानलाई तिव्रता दिईएको छ । वडाको झुल्खेत,ग्यामाखोला,खाल्बोट लगाएतका टोलहरुमा जभेटघाट तथा घरदैलो अभियान गरिएको वडा अध्यक्षका उम्मेद्धार यक्क बहादुर पाण्डेले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News