माओवादी र समाजवादीले मुसीकोटमा चुनावि लक्षित संयुक्त अभियान कार्यक्रम सुरु
64x64
२०७९ बैसाख १५ बिहिबार प्रेसपालिका संवाददाता
440 Views

नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले रूकुम पश्चिमकाे मुसीकोट नगरपालिकामा स्थानीय तहको चनाव लक्षित संयुक्त अभियान सुरु गरेका छन् । स्थानीय तहकाे चुनावमा मुसीकाेटमा गठबन्धन गरेर वडा नम्बर २ बाट चुनावि अभियानको सुरुवात गरेका हुन् । वडाको सिस्नेखोलामा नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्ष र सदस्यका उम्मेदवारहरुको उपस्थितिमा चुनवि सभा गरिएको हो ।

निर्वाचन परिचालन समिति मुसीकोट २ का अध्यक्ष विष्णुप्रकाश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका कर्णाली प्रदेश समिति अध्यक्ष बिमला केसीको प्रमुख र प्रदेश समिति सदस्य बुद्धिप्रसाद गौतमको विशेष आतिथ्यता रहेको थियो ।

चुनावी सभालाई सम्बोधन गर्दै मुसीकोट नगर प्रमुखका उम्मेदवार बसन्तकुमार शर्माले माओवादीलाई अमुल्य भोट दिएर जिताउन जनता आतुर रहेको बताउनुभयो । समानुपातिक विकास र दीगो विकासका लागि अव पनि मुसीकोटको नेतृत्व माओवादीले गर्नुपर्ने उहाँले बताउनुभयो । धेरै विकासको जग बसालेको र अव तिनलाई पूर्णता दिन तथा दिगो बनाउन र जनताको आर्थिक समृद्धि हाँसिल हुने गरी काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उप प्रमुखका उम्मेदवार विमलकुमार पुनले पनि मुसीकोटको समग्र विकासका लागि आफुहरु मिलेर चुनावि मैदानमा उत्रिएको बताउनुभयो । आफुहरु दुवै जना सक्षम व्यक्तित्व भएकाले आफ्नो अमुल्य मत दिएर जिताई समृद्ध नगर निर्माणको अभियानमा जोडिन उहाँले २ नम्बर वडावासीलाई अनुरोध समेत गर्नुभयो । वडाध्यक्षका उम्मेदवार दलबहादुर खड्काले आफुले वडाको कायापलट हुने गरी योजना निर्माण गरेको र उक्त योजना केही दिनमा सबै वडावासीका घरघरमा पुर्याउने बताउनुभयो । त्यसलाई राम्ररी अध्यन गरेर आफुलाई भोट दिन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता गोप्यश्वर केसी राकेशको पनि सहभागिता रहेको थियो । सभामा कलाकार अमित परियारको टोलीले साँस्कृतिक प्रस्तुति समेत राखेको थियो । कार्यक्रमको संचालन नेकपा माओवादी केन्द्र मुसीकोट २ का अध्यक्ष रमेश खड्काले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News