नेकपा माओवादी केन्द्र सानिभेरीले भोली बाट चुनावी अभियानलाई ब्यापक बनाउने जनाएको छ । गाउँघर टोलटोल मा गएर जनतासँग भेटघाट गरेर आगामी बैशाख ३० गतेको स्थानीय निर्वाचनमा आफ्नो पार्टीबाट उम्मेदवारी दिएका उम्मेदवारहरुलाई भोट दीएर विजयी बनाउन नेपाल माओवादी केन्द्र सानीभेरीले प्रत्यक टोलटोलमा गएर निर्वाचन केन्द्रित कार्यक्रम गर्ने बताएको छ । सानीभरी ७ को छोटेबगरमा आज बसेको बैठकले यो निर्णय गरेको हो । माओवादी केन्द्रका केन्द्रिय सदस्य राजकुमार शर्माको प्रमुख आतिथ्यता मा बसेको बैठकमा कर्णाली प्रेदेश समीती अध्क्षय बिमला केसीको विशेष आतिथ्यता थियो । बैठकमा उपस्थित सबै पाटीका नेता कार्यकर्ता लाई गाउँकमिटीका पदाधिकारी चुनावमा हुमीने गरी बैशाख १४ गते देखि चुनावी प्रचारप्रसार अभियान सुरु गर्ने कार्यतालिका बैठकले पास गरेको छ ।
नेकपा माओवादी केन्द्र निर्वाचन परिचालन समितिका संयोजक नरबहादुर पुनले आगामी बैशाख ५ गते सम्मको निर्वाचन केन्द्रित कार्यक्रम सार्वजनिक गर्नुभएको थियो ।
बैठकमा बोलदै प्रमुख अतिथि तथा नेकपमा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजकुमार शर्माले सानीभेरी गाउँपालिकामा ११ वटै वडामा विजय हाँसिल गर्नेगरी चुनाव अभियानमा हुमीन सबैनेता कार्यकर्तालाई निर्देशन दिनुभएको छ । निर्वाचन परिचालन समितिका संयोजक नरबहादुर पुनको अध्यक्षतामा भएको बैठको संचालन नेकपा माओवादी केन्द्र सानिभेरी गाउँकमिटी सचिव टेक बहादुर पुनले गर्नुभएको थियो ।