नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य बिशाल शर्माले स्थानीय तहको निर्वाचनमा एकजुट भएर होमिएको बताउनुभयो । केही पार्टीहरुले विशाल शर्मा र पुष्प वादीका विचमा अन्तरसंघर्ष छ र त्यसले हामीलाई फाईदा हुन्छ भन्दै हिडरहेको भन्दै उहाँले आफुहरु एक ढिक्का भएर चुनावमा होमिएको बताउनुभयो ।
सोमबार प्रमुख, उपप्रमुखमा मनोनयन दर्तापछि शर्माले पुष्प वादी क्षमतावान व्यक्ति भएकोले चौरजहारीको थप विकासका लागि नेकपा माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउन उहाँले नगरवासीलाई आग्रह समेत गर्नुभयो । नगर प्रमुखका उम्मेदवार पुष्प वादी र उप प्रमुखका उम्मेदवार इश्वरीकुमारी शर्मा बिएमले समृद्ध चौरजहारीका लागि आफुहरुको उम्मेदवारी रहेको बताउनुभयो ।
पार्टीको नेतृत्वमा चौरजहारीमा भएका विकास निर्माणलाई संस्थागत गर्ने, अधुरालाई पुरा गर्ने र थप विकासका लागि आफुहरु ठोस भिजन सहित निर्माणमा होकिएको उहाँहरुको भनाई थियो ।।