बाँफिकाेट १ काे महिला सदस्य र चाैरजहारी १० काे वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी
64x64
२०७९ बैसाख ११ आइतबार प्रेसपालिका संवाददाता
228 Views

रुकुम पश्चिम काे बाँफिकोट गाउँपालिकामा आज एक जनाको स्वतन्त्र उम्मेदवारी परेको छ । गाउँपालिकाको वडा नम्बर १ को महिला सदस्यमा नन्दी खत्रीको उम्मेदवारी परेको निर्वाचन कार्यालय बाँफिकोटले जनाएको छ ।बाँफिकोटमा पनि आज पहिलो दिन मुख्य दलका तर्फबाट मनोनयन दर्ता गराएकाे बाफिकाेट निर्वाचन कार्यालयले जानकारी दिएकाे छ । चौरजहारी नगरपालिका वडा नम्बर १० को वडाध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी परेको छ । अमरबहादुर बुढाले वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी आज निर्वाचन कार्यालय चौरजहारीमा जनकारी दिएकाे छ । आज पहिलो दिन चौरजहारीमा दलका तर्फबाट कुनै पनि उम्मेदवारी नपरेको र एक जना स्वतन्त्र उम्मेदवारले वडा नम्बर १० को अध्यक्षमा मनोनयन दर्ता गराएको निर्वाचन कार्यालय चाैरजहारीले जानकारी दिएकाे छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News