वाइसिएल नेपाल चौरजाहारी १२ काे बैठक सम्पन्न
64x64
२०७९ बैसाख १० शनिबार प्रेसपालिका संवाददाता
312 Views

चौरजाहारी नगरपालिका १२ मा योङ कम्युनिस्ट लिग वडा समितिकाे बैठक सम्पन्न भएको छ।बैठक बाट भीम बहादुर खत्री काे संयोजक्त मा १४२ सदस्य रहने गरी वडा स्तरीय बुथ क्याम्प स्थापना गरिएको हो।

उक्त कार्यक्रममा मन्तव्य राखने क्रममा चुनाव मा भारी बहुमतले पार्टीलाई विजय गराउनको लागि युवाहरु खटीयर लाग्न पार्टीका वडा समिति इन्चार्ज तथा वडा अध्यक्षका उमेद्वार टीकाराम ओली ले अनुरोध गर्नु भएको हो । बाँकी रहेको बिकाश निर्माण का काम पूरा गर्न आफ्नो पार्टी काे आबस्यकता रहेको उहाँको भनाइ रहेको छ।

वाइसिएल नेपाल चौरजहारी नगर समिति अध्यक्ष लाल बहादुर कटुवालकाे प्रमुख आतिथ्यता तथा पार्टी वडा समिति इन्चार्ज टिकाराम ओली काे विशेष आतिथ्यता , एकीकृत शिक्षक सङ्गठन चौरजाहारी नगर समिति सचिव कृष्ण प्रसाद जैसी,एकीकृत शिक्षक सङ्गठन चौरजाहारी नगर समिति सह सचिव खडक रोका,पार्टीका १२ नम्बर वडा समिति सचिव विष्णु कुमार जैसी,पार्टीका नगर समिति सदस्यहरु,वाइसिएलका नगर समिति सदस्यहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको अध्यक्षता वाइसिएल नेपाल चौरजाहारी १२ नम्बर वडा समिति अध्यक्ष ओमप्रकाश विक ले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन वाइसिएल नेपाल चौरजाहारी नगर समिति सचिव भीम बहादुर खत्री ले गर्नु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News