माओवादी केन्द्रद्धारा रुकुम पश्चिमका बिभिन्न वडामा उम्मेदवार सिफारीस
64x64
२०७९ बैसाख ०९ शुक्रबार प्रेसपालिका संवाददाता
254 Views

माओवादी केन्द्र रुकुम पश्चिमले बिभिन्न पालिकाको वडाहरुमा अध्यक्षको उम्मेदवार सिफारीस गरेको छ । चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका र बाँफिकोट गाउँपालिकाको वडा अध्यक्षका उम्मेदवार टुङ्गो लगाएको हो ।

स्थानीय तहको निर्वाचनका लागि माओवादी बाँफिकोटले १० वटै वडाका अध्यक्ष छनौट गरी पार्टीको जिल्ला समन्वय समितिमा सिफारिस गरको छ । ३ वडामा दोहोरिएका छन् भने ७ वडामा नयाँ अनुहार आएका छन् । माओवादीले वडा नम्बर १ मा धनबहादुर खड्का, २ मा मञ्जित नाथ, ३ मा तिलबिर केसी, ४ शेरबहादुर ओली, ५ मा दक्ष पुन, ६ मा मनोजकुमार अधिकारी, ७ मा नरबहादुर खत्री, ८ मा मनवहादुर केसी, ९ मा जोगबहादुर चन्द र १० मा हरि चन्दलाई सिफारिस गरेको हो ।

माओवादीले ६, ७ र ८ नम्बर वडामा हालकै वडाध्यक्षलाई दोहोर्याएको छ । सबै वडामा सर्वसम्मत वडाध्यक्षको टुंगो लगाएको उम्मेदवार सिफारिस समिति बाँफिकोटका संयोजक धर्मबहादुर केसीले जानकारी दिनुभयो । गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारको भने यसअघि नै टुंगो लागिसकेको छ ।

माओवादीले बाँफिकोट गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्ष तारा बुढा केसीलाई सिफारिस गरेको छ । यो संगै माओवादीले तीन स्थानीय तहमा वडाध्यक्षको टुंगो लगाएको छ । अव माओवादीका तर्फबाट मुसीकोट नगरपालिका, आठबीसकोट नगरपालिका र त्रिवेणी गाउँपालिकामा वडाध्यक्षको सिफारिस हुन बाँकी छ ।।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News