माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लाका सबै पालिकामा उम्मेद्धार सिफारीस ग¥र्यो
64x64
२०७९ बैसाख ०६ मंगलबार प्रेसपालिका संवाददाता
627 Views

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिमले जिल्लाका सबै पालिकामा उम्मेद्धार सिफारीस गरेको छ । उम्मेद्धार सिफारिस तथा छनोट समितिको हिजो बसेको बैठकले जिल्लाका छ ओटै पालिकाका उम्मेद्धार छनोट गरेको हो ।
पालिकाका सबै प्रमुख पदहरुमा नयाँ अनुहार देखिएकाका छन् । अवसरको वितरणमा आलोपालो प्रणालीको शुरुवात र पार्टीभित्र न्यायको वातावरण सृजना गरिएको नेकपा माओवादी केन्द्र जिल्ला संयोजक गोबिन्द रोकाले जानकारी दिनुभयो । रोकाका अनुसार एक पालिका प्रमुखमा दलित समुदायको उम्मेद्धार बनाईएको छ भने,एक पालिका प्रमुखमा युवा नेतृत्व ल्याएको संयोजक रोकाले जानकारी दिनुभयो । त्यस्तै जिल्ला समन्वय समिति प्रमुखमा महिला उम्मेद्धार बनाउने निर्णय गरिएको छ ।सबै पदहरुमा एक÷एक जनाको नाम मात्र प्रदेशमा सिफारिस गरिएको छ ।
मुसिकोट नगरपालिकामा प्रमुखमा बसन्त कुमार शर्मा र उप प्रमुखमा मिना खड्का,चौरजहारी नगरपालिकामा प्रमुख पुष्प वादी र उप प्रमुख इश्वरीकुमारी शर्मा विएम, आठबिसकोट नगरपालिकामा प्रमुख रवि केसी र उप प्रमुखमा धनकुमारी शाहीलाई सिफारीस गरिएको छ ।
त्यस्तै त्रिवेणी गाउपालिका अध्यक्षमा गणेश कुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले ,सानिभेरी गाउपालिकामा बिर्ख बहादुर बिष्ट र उपाध्यक्षमा कमला रोका ,बाँफिकोट गाउपालिका अध्यक्षमा चन्द्र बहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसी लाई सिफारीस गरिएको संंयोजक रोकाले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News