रुकुम पश्चिममा ६ वटै पालिकामा माओवादी केन्द्रले उम्मेदवार सिफारिस गर्याे ।
64x64
२०७९ बैसाख ०५ सोमबार प्रेसपालिका संवाददाता
513 Views

रुकुम पश्चिम नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनका लागि जिल्लाका ६ वटै पालिकाका उम्मेदवार सिफारिस गरेको छ । मुसीकोट नगरपालिकामा प्रमुखमा वसन्तकुमार शर्मा उपप्रमुखमा मिलन खड्का, चौरजहारी नगरपालिका प्रमुखमा पुष्प वादी, उपप्रमुखमा इश्वरीकुमारी शर्मा विएम, आठबीसकोट नगरप्रमुख रवि केसी, उपप्रमुखमा धनकुमारी शाही त्यस्तै बाँफिकोट गाउँपालिकाको अध्यक्षमा चन्द्रबहादुर केसी उपाध्यक्षमा तारा बुढा केसी, सानीभेरी गाउँपालिकाको अध्यक्षमा विर्खबहादुर विष्ट, उपाध्यक्षमा कमला रोका, त्रिवेणी गाउँपालिका अध्यक्षमा गणेशकुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउलेलाई सिफारिस गरिएको छ । पार्टीले जिल्ला समन्वय समितिको प्रमुखमा महिलालाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख ध्रुवविक्रम बुढाथोकीले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News