प्रेस सेन्टर नेपाल भुमे गाऊपालिका अध्यक्षमा धनकुमार पुन
64x64
२०७८ चैत्र ३० बुधबार प्रेसपालिका संवाददाता
99 Views

रुकुम पुर्वको भुमे गाऊपालिकामा प्रेस सेन्टर नेपालको गाऊपालिका समिति गठन गरिएको छ । आज भएको पत्रकारहरुको भेलाले धनकुमार पुनको अध्यक्षतामा १३ सदस्यीय प्रेस सेन्टर नेपालको गाऊपालिका समिति निर्माण गरेको हो ।
जसको उपाध्यक्षमा शान्ति बुढा मगर र बिकास रोका मगर सचिव बालाराम शेर्पाली सह सचिव भावना खड्का र कोषाध्यक्षमा दुर्गा केसीलाई चयन गरिएको छ ।
यस अघि जिल्लाको पुथा उत्तरगंगा गाऊपालिका र सिस्ने गाऊपालिकामा पालिका समिति गठन गरिसकिएको छ ।
भेलामा नेकपा माओवादी केन्द्रका प्रदेश समिति सदस्य मनकुमारी बुढा बिस्ट,लाल बहादुर बिसी,पार्टी गाऊपालिका अध्यक्ष रुपधन कामी,सचिव नारायण पुन ,प्रेस सेन्टर नेपाल प्रदेश समिति सदस्य बसन्त बाठा ,जिल्ला उपाध्यक्ष जयमान बुढा लगायतको उपस्थिति रहेको थियो ।
यो संगै रुकुम पुर्वमा प्रेस सेन्टर नेपालको सबै पालिकामा पालिका समिति निर्माण भएका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |