स्थानीय तहको निर्वाचनमा महिलाको अर्थपुर्ण सहभागिता हुनु पर्ने माग
64x64
२०७८ चैत्र ३० बुधबार प्रेसपालिका संवाददाता
196 Views

रुकुम पश्चिममा आगामी स्थानिय तहको निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिताका लागि दवाब दिईएको छ। महिला अधिकार र सशक्तिकरणमा काम गरिरहेको महिला पुर्नस्थापना केन्द्र ओरेक रुकुम लगायत जिल्लामा रहेका क्रियाशिल बिभिन्न संघ/सस्थाले मंगलवार राजनैतिक दलका प्रमुख/प्रतिनिधिहरुलाई ध्यानाकर्षण पत्र बुझाएका हुन ।
संविधानको धारा ३८ को उपधारा ४ अनुसार राज्यका सबै संरचनाहरुमा महिलाको समानुपातिक समावेशी नेतृत्व सुनिश्चित गर्न सकेमा मात्र देशको समग्र रुपान्तरणको आधार तयार हुन सक्ने भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

ओरेक रुकुम, महिला मानब अधिकार रक्षक संजाल, नेपाल पत्रकार महासंघ रुकुम, बार एसोसियसन, गैसस महासंघ, रेडक्रस, हरप्लेस, रुकुमेली समाज बिकास केन्द्र, मानब अधिकार संजाल, ईन्सेक लगायतका संघ सस्थाले पार्टी प्रमुख तथा प्रतिनिधिलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका थिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राप्रपा, राष्ट्रिय जनमोर्चा लगायतका दलहरुलाई ९ बुँदे माग सहित ध्यानाकर्षक पत्र बुझाएको हो

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News