स्थानीय तहको निर्वाचनको लागि नेपाली काँग्रेस बाँफिकोटले ऊम्मेद्वार टुङ्ग्यायो
64x64
२०७८ चैत्र २८ सोमबार प्रेसपालिका संवाददाता
355 Views

आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको चुनावको लागि नेपाली काँग्रेस बाँफिकोट रुकुम पश्चिमले पार्टिको तर्फबाट अध्यक्षका लागि जनक कुमार बाँठामगर र उपाध्यक्षमा नन्दा केसी नाथलाई उम्मेदवार बनाउने निर्णगरेको छ ।

गठबन्धनले भागबन्डाको टुङ्गो नलगाउँदै बाफिकोट काङ्ग्रेसले अध्यक्ष र उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाएको हो ।

सोमबार नेपाली काँग्रेस बाँफिकोट गाउँ कार्यसमितिको छिन्खेतमा सम्पन्न बैठकले अध्यक्षमा जनक कुमार बाँठामगर सहित उपाध्यक्षमा नन्दा केसी नाथलाई उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको नेपाली कांग्रेस बाँफिकोट गाउँपालिका वडा नम्बर २ का सभापति प्रकाश खत्रीले जानकारी दिनुभयो ।

दुबै जनाको नाम आजै जिल्ला कार्यसमितिमा सिफारिस गरिएको छ । वडा अध्यक्ष र सदस्यको भने केहि दिनमा सर्वसम्मत निर्णय गरेर सिफारिस गरिने बताइएको छ ।

अध्यक्षमा सिफारिस भएका बाँठामगर हाल नेपाली काँग्रेस बाँफिकोट गाउँपालिकाको सभापति हुनुहुन्छ भने केसी नेपाल महिला संघ बाँफिकोटको सभापति हुनुहुन्छ ।

बाँठामगर २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमाले सँग गठबन्धन गरे कांग्रेसका तर्फबाट अध्यक्षको उम्मेदवार हुनुहुन्थ्यो । उहाँ माओवादी केन्द्रका धर्मबहादुर केसीसँग पराजित हुनु भएको थियो ।

बैठकमा नेपाली कांग्रेसका जिल्ला उप-सभापति हर्कसिङ खत्री, महाधिबेशन प्रतिनिध ओपेन्द्र मल्ल, नेताहरु खम्मु मल्ल, नरजित बस्नेत, जिल्ला कार्यसमिति सदस्य गणेश चन्द, १० वटै वडा सभापतिहरु, पार्टिका भातृ सङ्गठनका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |