प्रेस सेन्टर नेपाल सिस्ने गाउपालिका समिति अध्यक्षमा निराजन सिर्पालीे
64x64
२०७८ चैत्र २८ सोमबार प्रेसपालिका संवाददाता
610 Views

रुकुम पुर्वको सिस्ने गाउपालिकामा प्रेस सेन्टर नेपालको पालिका समिति गठन गरिएको छ ।
आज भएको पत्रकारहरुको भेलाले निराजन सिर्पालीको अध्यक्षतामा १३ सदस्यिय प्रेस सेन्टर नेपाल सिस्ने गाउपालिका समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा श्रीधर खड्का, गीता रोका, सचिव पुजन खड्का, सह सचिवमा निरजला थापा र कोषाध्यक्षमा शेषकुमारी सुनार चयन भएका छन ।
भेलामा नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष मन्सराम खड्का, प्रेस सेन्टरका फ्याक्सन इन्चार्ज गणेश ओलीको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै लुम्बिनी प्रदेश सदस्य वसन्त बाँठा मगर, जिल्ला अध्यक्ष सर्जना कार्की, उपाध्यक्ष जयमान बुढा मगर, उपाध्यक्ष विक्रम परियार, सचिव उर्मिला गौतम लगायतको उपस्थिति रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News