नेपाल राष्ट्रिय कर्मचारी महासंघ रुकुम पश्चिमको अध्यक्षमा खड्का
64x64
२०७८ चैत्र १९ शनिबार प्रेसपालिका संवाददाता
196 Views

नेपाल राष्ट्रिय कर्मचारी महासंघ रुकुम पश्चिमको चौथो सम्मेलन सम्पन्न भएको छ । मुसिकोट ५ को सहिद स्मृति प्रतिष्ठान शेरीगाऊमा सम्पन्न सम्मेलनले चिताराम खड्काको अध्यक्षतामा ३५ सदस्यीय समिति गठन गरेको हो । जसको उपाध्यक्षमा मिना शर्मा, सरस्वती सापकोटा, कृष्ण शर्मा, समिर गौतम सचिवमा मानबहादुर बटाला, सह सचिवमा कमल पुन र कोषाध्यक्षमा खिमबहादुर ओली चयन हुनुभयको छ ।

नेकपा माओवादीका केन्द्रीय सदस्य राजकुमार शर्माको प्रमुख र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका केन्द्रीय अध्यक्ष हरि रावलको विशेष आतिथ्यता रहेको सम्मेलनमा माओवादी केन्द्रका केन्द्रीय सदस्य वसन्तकुमार शर्मा, लक्ष्मी पुन, जिल्ला संयोजक गोविन्द रोका, कर्मचारी संगठनका सचिव शेरबहादुर खड्का लगायतको पनि आतिथ्यता रहेको थियो । तेजबहादुर खत्रीको अध्यक्षतामा भएको सम्मेलनको सञ्चालन इश्वर रावलले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |