नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन रुकुम पश्चिमको अध्यक्षमा डिल्लीराज बोहोरा
64x64
२०७८ चैत्र १९ शनिबार प्रेसपालिका संवाददाता
292 Views

नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन रुकुम पश्चिमको चौथो सम्मेलन सम्पन्न भएको छ । आज मुसिकोटमा सम्पन्न सम्मेलनले
डिल्लीराज बोहोराको अध्यक्षतामा ३५ सदस्यीय नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठनको जिल्ला कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा सुनिल केसी, कर्णविर केसी, रामबहादुर सुनार, सुमित्रा रोकाय, सचिवमा दिनेश विष्ट, सह सचिवमा धनन्जय विष्ट र कोषाध्यक्षमा हिरा पुन चयन भएको छ ।
नेकपा माओवादीका केन्द्रीय सदस्य राजकुमार शर्माको प्रमुख र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका केन्द्रीय अध्यक्ष हरि रावलको विशेष आतिथ्यता रहेको सम्मेलनमा , माओवादी केन्द्रका केन्द्रीय सदस्य वसन्तकुमार शर्मा, लक्ष्मी पुन, जिल्ला संयोजक गोविन्द रोका, कर्मचारी संगठनका सचिव शेरबहादुर खड्का लगायतको आतिथ्यता रहेको थियो । तेजबहादुर खत्रीको अध्यक्षतामा भएको सम्मेलनको सञ्चालन इश्वर रावलले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News