नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति रुकुम पश्चिमको अध्यक्षमा तेजबहादुर खत्री
64x64
२०७८ चैत्र १९ शनिबार प्रेसपालिका संवाददाता
200 Views

नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति रुकुम पश्चिमको चौथो जिल्ला सम्मेलन सम्पन्न भएको छ ।आज मुसिकोट नगरपालिका ५ को शहिद प्रतिष्ठान हल शेरीगाऊमा सम्पन्न सम्मेलनले तेजबहादुर खत्रीको अध्यक्षतामा जिल्ला समिति गठन गरेको हो । जसको उपाध्यक्षमा यमा केसी, भूपेन्द्र पुन, जयबहादुर बुढा, प्रवेश परियार, सचिवमा जनक खड्का, सह सचिवमा अनिल केसी र कोषाध्यक्षमा चाँदनी महतारा चयन हुनुभयको छ ।

सम्मेलनमा नेकपा माओवादीका केन्द्रीय सदस्य राजकुमार शर्माको प्रमुख र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतिका केन्द्रीय अध्यक्ष हरि रावलको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य वसन्तकुमार शर्मा, लक्ष्मी पुन, जिल्ला संयोजक गोविन्द रोका, कर्मचारी संगठनका सचिव शेरबहादुर खड्का लगायतको पनि आतिथ्यता रहेको थियो । तेजबहादुर खत्रीको अध्यक्षतामा भएको सम्मेलनको सञ्चालन इश्वर रावलले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News