रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बिभिन्न पार्टी परित्याग गरि ९ जनाले माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
नेपाली कांग्रेसबाट गत स्थानीय निर्वाचनमा वडा नम्बर ८ बाट वडा सदस्यका ऊम्मेद्वार मनकुमारी नेपाली सहित नेकपा एमालेका टीकाराम विटालु,अनिता विक,लक्ष्मण विक,
मनिषा विक,भीम बहादुर सार्की ,कमला सार्की, ललिता सार्की र नरेश विक सहित ९ जना माओवादी केन्द्र मा प्रवेश गर्नु भएको हो।
नवप्रवेशीहरुले आफुहुरूलाई माओवादी केन्द्रको बिचार सिन्दात मन परेको र आफु रहेको पार्टी सामन्तवादमा रुमल्लिरहेकाले माओवादी केन्द्रमा प्रवेश गरेको बताएका छन् ।
नव प्रवेसीहरुलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश पुर्व आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्मा ‘ अनल ‘ ले दोसल्ला ओडायर पार्टी मा स्वागत गर्नु भएको हो।
आज सम्पन्न नेपाल दलित मुक्ति मोर्चाको चौरजहारी नगर समितिको प्रथम सम्मेलनको अवसर पारी उहाहरुले पार्टी प्रवेश गर्नुभएको हो ।