तरुणदल मुसीकोटको निर्वाचन परिचालन समिति गठन
64x64
२०७८ चैत्र १२ शनिबार प्रेसपालिका संवाददाता
486 Views

नेपाली कांग्रेसको भातृ संगठन तरुण दल रुकुम पश्चिम मुसीकोट नगरपालिकाले निर्वाचन परिचालन समिति निर्माण गरेको छ । आज मुसीकोटमा भएको तरुण दलको दोस्रो नगर भेलाले कालिबहादुर महताराको अध्यक्षतामा १ सय ६१ सदस्यीय निर्वाचन परिचालन समिति गठन गरेको हो । समितिमा प्रत्येक वडाबाट प्रतिनिधित्व हुने गरि उप संयोजक पनि बनाईएको छ।

कार्य समिति नबनाई भेलाबाट निर्वाचन परिचालन समिति गठन गरिएको हो । केन्द्रीय सर्कुलर अनुसार निर्वाचन परिचालन समिति बनाईएको नेपाली कांग्रेस मुसीकोट नगर सचिव सुर्य प्रकाश शर्माले जानकारी दिनुभयो । भेला पूर्व खलंगाको बराहटाकुराबाट वडा नम्बर ७ को साँख पुगि त्यहाँबाट सल्ले फर्किएर पुनः बराहटाकुरामा सम्म बाईक र्यालि निकालियको सचिव शर्माले जानकारीदिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News