बाफिकोटमा ८१ सदस्यीय वाईसीएल नेपालको गाऊपालिका समिति
64x64
२०७८ चैत्र १२ शनिबार प्रेसपालिका संवाददाता
319 Views

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निकट युवाहरुको संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसियल)नेपाल बाँफिकोट गाउँपालिका रुकुम पश्चिमको दोस्रो गाऊ सम्मेलन सम्पन्न भएको छ ।

गाऊपालिकाको छिन्खेतमा सम्पन्न सम्मेलनले भुवन रसाईलीको अध्यक्षतामा ८१ सदस्यीय वाईसीएल नेपालको गाऊपालिका समिति चयन गरेको हो ।

जसको उपाध्यक्षमा विनोद कुसारी, भुवन कुसारी, हस्तबहादुर गुरुङ, काँसी चन्द, भरत खत्री, लालबहादुर केसी र रिता विसी चयन भएका छन् । सचिवमा खम्बु खत्री, सह सचिव दिलिप ओली, भरत विक, पोषण मल्ल, लक्ष्मी विक, शुशिल घर्ती, हर्कविर दाहाल, मोहन बुढाथोकी र कोषाध्यक्षमा कल्पना चन्द चयन भएका छन् । वाइसीएल इन्चार्जमा सौरभ केसी र सह इन्चार्जमा हर्क विकलाई तोकिएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य राजकुमार शर्मा, वाइसीएल कर्णाली प्रदेश सहसंयोजक शैलेश शर्मा, माओवादी केन्द्रका केन्द्रीय महेन्द्र केसी, जिल्ला संयोजक गोविन्द रोका लगायतको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो । शौरभ केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जोखबहादुर पुनले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News