रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका वडा नम्बर ७ बाट नेपालि काङ्ग्रेसको तर्फबाट भिम बहादुर डागीले उम्मेद्बारी घोषणा गर्नुभएको छ ।
स्थानिय तह निर्वाचन २०७९ को लागि डागीले उम्मेद्बारी घोषणा गर्नुभएको हो । उम्मेद्बारीको घोषणा गरेसङ्गै वडामा भएका आधारभुत समस्याको हल गर्ने जनताको सुख दुखमा साथ दिने बताउनुभएको छ ।
आफ्नो योग्यता र क्षेमता जनताले बिश्वास गर्छन भनेर नै वडा अध्यक्षको उम्मेद्बारी घोषणा गरेको बताउनुभएको छ ।
जनताका आधारभुत आबस्यक्ता गाँस बाँस र कपास जुटाउनको लागि आफ्नो उम्मेद्बारी भएको डागी बताउनुभयाे। पार्टीभित्र र मतदाता संग छलफल गर्दा आफ्नो विकल्प नभएकोले उम्मेद्बारी घोषणा गरेको डागीले बताउनुभयो ।
डागी नेपाली काङ्ग्रेसका पुर्ब जिल्ला उप–सभापति समेत भैसक्नुभएको छ ।
तर पार्टीले भने उम्मेद्धार छनोट गर्न बाकी रहेको र यहि चैत्र २० गते सम्म पार्टीले उम्मेद्धार को बन्ने भन्ने बारे टुङ्गो लगाउने नेपाली काँग्रेस त्रिवेणी ७ का वडा सभापति खिम बहादुर ओलिले जानकारी दिनुभयो ।