त्रिवेणी ३ मा कांग्रेसका भिम बहादुर र माओवादी केन्द्रका बिरभान को उम्मेद्धारी
64x64
२०७८ चैत्र ११ शुक्रबार प्रेसपालिका संवाददाता
1562 Views

रुकुम पश्चिमको त्रिबेणी गाउँपालिका वडा नम्बर ३ बाट नेपालि काङ्ग्रेसको तर्फबाट भिमबहादुर खड्काले उम्मेद्बारी घोषणा गर्नुभएको छ । स्थानिय तह निर्वाचन २०७९ को लागि खड्काले उम्मेद्बारी घोषणा गर्नुभएको हो ।
उम्मेद्बारीको घोषणा गरेसंगै वडामा भएका आधारभुत समस्याको हल गर्ने जनताको सुख दुखमा साथ दिने बताउनुभएको छ । आफ्नो योग्यता र क्षेमता जनताले बिश्वास गर्छन भनेर नै वडा अध्यक्षको उम्मेद्बारी घोषणा गरेको बताउनुभएको छ ।
जनताका आधारभुत आवश्यकता गाँस बाँस र कपास जुटाउनका लागी आफ्नो उम्मेद्बारी भएको खडकाले बताउनुभयो । पार्टीभित्र र मतदाता संग छलफल गर्दा आफ्नो विकल्प नभएकोले उम्मेद्बारी घोषणा गरेको खड्काले बताउनुभयो ।
खड्का अहिले त्रिबेणी गाउँपालिका वडा नम्बर ३ को नेपाली काङ्ग्रेसका वडा सभापति समेत हुनुहुन्छ।
यसैबिच नेकपा माओवादी केन्द्र त्रिवेणी ३ ले पनि उम्मेद्धारको टुङ्गो लगाएको छ । नेकपा माओवादी केन्द्र त्रिवेणी गाउपालिका सचिवालय सदस्य बिरभान ओलीलाई पार्टीले वडा अध्यक्षका उम्मेद्धारको रुपमा अघि सारेको हो । २०४६ साल बैशाख ९ गते मसालको सक्रिय सदस्य लिनुभएका ओली २०४९ सालमा युवाहरुको संगठन वाइसीयल नेपालमा आबद्ध हुनुभएको थियो । २०५६ सालमा नेपाल प्रहरीले घर आगो लगाई यातना दिएपछि ओली पुर्णकालीन रुपमा भुमिगत जिवन बित्ताउनुभएको थियो ।
बिभिन्न कालखण्डमा पार्टीको जिम्मेवार पदमा रहनु भएका आलीको परीवारनै जनयुद्धमा होमीएको थियो । हाल ओली नेकपा माओवादी केन्द्र त्रिवेणी गाउपालिकाको सचिवालय सदस्य तथा वडा नम्बर ३ को ईन्चार्जको जिम्मेवारी सम्हालिरहनुभएको छ ।
आफुलाई पार्टीले विस्वास गरेर आगामी निवार्चनको लागी टिकट दिएको बत्ताउनुभयो । आफुलाई जनताले विस्वास गरेर अमुल्य मतले विजय गराउने समेत ओलीले दाबी गर्नुभयो । गणतन्त्रले दिएको महत्वपुर्ण उपलब्धि संस्थागत गर्न आगामी निवार्चनमा आफुले उम्मेद्धारी दिएको ओलीले बत्ताउनुभयो ।
नेकपा माओवादी केन्द्रले अबको केही दिनमै सबै वडा लगायत पालिकाको उम्मेद्धारहरुको टुङ्गो लगाईसक्ने नेकपा माओवादी केन्द्र त्रिवेणी गाउपालिका अध्यक्ष गणेश खड्काले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News

पराजित गर्दै अस्ट्रेलियालाई अर्जेन्टिना विश्वकपको क्वार्टरफाइनलमा प्रवेश  |  सवारीसाधन दुर्घटनामा चर्चित कार्यक्रम प्रस्तोता महावीर विश्वकर्माको मृत्यु  |  उद्घाटन खेलमा आयोजक टिम कतारको हार  |  मतदानमा अवरोध प्रयास गर्ने तीन जना विप्लवका कार्यकर्ता पक्राउ  |  रोहित पौडेल कप्तानमा नियुक्त  |  काठमाडाैंबाट रूकुम पुर्ब आउँदै गरेकाे वस त्रिसुलीमा दुर्घटना हुँदा १६ जना घाइते  |  बाम-लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी सभा सुरु  |  त्रिवेणी र मुसिकोटमा नमूना मतदान  |  डिग्रे शाइकुमारी मन्दिरमा आजदेखी पूजापाठ सुरु  |  रुकुम पश्चिममा बाम–लोकतान्त्रिक गठबन्धन एकजुट  |