नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल चौरजहारीकाे अध्यक्षमा नेत्र केसी
64x64
२०७८ चैत्र १० बिहिबार प्रेसपालिका संवाददाता
502 Views

नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपालको चौरजहारी नगर भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।चौरजहारी नगरपालिका ११ खोलागाउ चौफामा भेला सम्पन्न भएको हो ।
भेलाले नेत्र केसीको अध्यक्षतामा ६९ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल चौरजहारी नगरकमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा प्रकाश खड्का,सचिव लोकेन्द्र बिक,उपसचिव मुक्ति प्रसाद अधिकारी र सञ्जय खड्का चयन हुनुभयको छ ।
भेलामा नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य टंक प्रसाद ओलीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै नेकपा एमाले रुकुम पश्चिमका सचिवालय सदस्य जिल्ला कमिटी सदस्य नगर कमिटी लगायत नेकपा एमालेका जिम्मेवारी ब्यक्तिहरुको उपस्थिति रहेको प्रेस चौतारी नेपाल कर्णालि प्रदेश सदस्य ओम प्रकाश आचार्यले जानकारी दिनुभयो ।नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल चौरजहारीकाे अध्यक्षमा नेत्र केसी - प्रेस पालिका

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News