माओवादी केन्द्र रुकुम पश्चिमले सम्पूर्ण कार्यक्रम निर्वाचनमा केन्द्रीत गर्ने
64x64
२०७८ चैत्र ०६ आइतबार प्रेसपालिका संवाददाता
251 Views

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुकुम पश्चिमले अबका सम्पूर्ण कार्यक्रम निर्वाचनमा केन्द्रीत गर्ने भएको छ । आज बसेको जिल्ला समन्वय समितिको बैठकले पार्टीका हरेक कार्यक्रम अब निर्वाचन केन्द्रीत गर्ने भएको हो । त्यसका लागि माओवादीले ‘समाजवादउन्मुख समृद्धिका लागि स्थानीय सरकार’ भन्ने मुल नारा तय गरेको छ । यही नारा सहित दुई महिना निर्वाचन अभियानमा होमिने र हरेक कार्यक्रम निर्वाचन केन्द्रीत हुने गरी निर्णय गरेको जिल्ला इन्चार्ज वसन्तकुमार शर्माले जानकारी दिनुभयो । बैठकले स्थानीय तहका उम्मेदवार छनौट समिति पनि गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्यहरु र जिल्ला संयोजक सदस्य रहने गरी उम्मेदवार छनौट समिति बनाइएको जिल्ला संयोजक गोविन्द रोकाले बताउनुभयो ।

केन्द्रीय सदस्यहरु राजकुमार शर्मा, वसन्तकुमार शर्मा, गोपाल शर्मा, महेन्द्र केसी, लुम्बिनी गौतम, लक्ष्मी पुन, वैकल्पिक केन्द्रीय सदस्य पुष्प वादी र जिल्ला संयोजक गोविन्द रोका सदस्य रहेको उम्मेदवार छनौट समिति चयन गरिएको छ । हरेक वडाले पालिकामा, पालिकाले जिल्ला समन्वय समितिमा र जिल्ला समन्वय समितिले प्रदेशमा उम्मेदवारको सिफारिस गर्नेछन् ।

वडा र पालिकाबाट आएका सिफारिसमा छनौट समितिले टिकटका लागि कर्णाली प्रदेशमा सिफारिस गर्ने छ । बैठकमा पार्टीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले प्रशिक्षणमूलक मन्तव्य राख्नु भएको थियो । प्रशिक्षणका क्रममा उहाँले जनताका आधारभुतदेखि सबै समस्यासँग सँगसँगै भएर अघि बढ्न नेता, कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

बैठकमा केन्द्रीय सदस्यहरु राजकुमार शर्मा, वसन्तकुमार शर्मा, महेन्द्र केसी, लुम्बिनी गौतम, लक्ष्मी पुन लगायतको आतिथ्यता रहेको थियो । बैठकको सहजिकरण जिल्ला संयोजक गाविन्द रोकाले गर्नुभएको थियो । बैठकमा पालिकाका अध्यक्षहरुले समसामयिक विषयमा रिर्पोटिङ गरेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

Flash News